‘आदर्शच्यूत भएपछि कम्युनिष्टहरूले आफैँले आफूलाई सिध्याउने रहेछन्’



०९ फागुन २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीको नियतिमा खतराका संकेत देखिएको बताएका छन्।

शुक्रबार (आज) भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्षले विश्व इतिहासमा कम्युनिष्ट पार्टीको पतन हेर्दा नेपालमा पनि खतराका संकेत देखिएको बताएका हुन्।

“हामीले चाहे सोभियत संघको कुरा भनौं वा पूर्वी युरोपको कुरा, यस्ता परिघटना हामीले देख्यौं।” अध्यक्ष प्रचण्डले भने, ‘यसो हेर्दा हाम्रो पनि नियति त्यता जाने खतराका संकेत अहिले भइसकेका भन्या होइन। मेरो भनाइलाई बढी नबुझियोस् तर सङ्केत त त्यति राम्रा देखिएनन्। आजभोलि यसो घटनाहरू हेर्‍यो मान्छेहरू त बिग्रिने–बिग्रिनेतिर गएजस्तो देखिएको छ।’

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा एउटा कमिसन काण्डमा मुछिएर राजीनामा दिएको भोलिपल्ट नेकपा अध्यक्ष प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्