बाँस्कोटा र महराबारे छलफल गर्न ओलीले बोलाए प्रचण्डलाई बालुवाटार



०९ फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई बालुवाटार बोलाएका छन्।

ओलीले पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थितिका विषयमा छलफल गर्न प्रचण्डलाई बालुवाटार बोलाइएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहरकार सूर्य थापाले समसामयिक विषयमा छलफल हुने जानकारी गराएका छन्।

टुँडिखेलमा सेना दिवसको अवसरमा आयोजित कार्यक्रम सकिएपछि अध्यक्षद्वयबीच भेट हुनेछ।

विशेषगरी सञ्चार तथा सूचना प्रविधि र सहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटा ७० करोड घुस प्रकरणमा मुछिएपछि उत्पन्न परिस्थितिका विषयमा छलफल हुने बुझिएको छ।

स्वीस कम्पनीको एजेन्टसँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले राजिनामा दिएका छन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्