शिवरात्रीमा सजियो पशुपति (फोटो फिचर)



०८ फागुन २०७६, काठमाडौं

पशुपति क्षेत्रमा देश तथा विदेशबाट आएका दर्शनार्थीहरुले शिवरात्रीको निकै रौनक बढाएका छन् । हरेक बर्ष शिवरात्रीको समयमा लाखौको संख्यामा दर्शनार्थीहरु पशुपतिमा आउने गर्छन् ।

शिवरात्रीको लागि पशुपति विकास समितिले पशुपति क्षेत्रमा रङ्गरोगन लगायत सरसफाइको कामलाई तीब्रता दिएको छ । पशुपतिमा भारतबाट आएका बाबाले देखाउने चर्तिकलाका कारण बाबाहरुको वरिपरि सर्वसाधारण झुम्मिने गर्छन् ।

पशुपति परिसरमा सबैभन्दा आकर्षण केन्द्रबिन्दूमा खरानी घस्दै नांगा बाबाहरु आगो बालेर धुनि जगाउँदै बस्ने गरेको समेत पाईन्छ ।

मन्दिरमा पूरा आराधना गर्नुको अलवा बनकाली क्षेत्रमा युवा–युवातीहरु उत्सव मनाउन लाखौंको संख्यामा उपस्थित छन् । तस्विरमा हेर्नुस् बिहिबार पशुपतिनाथ मन्दिर परिसरमा देखिएको गतिविधि :

   

प्रतिक्रिया दिनुहोस्