एआइएका विद्यार्थीद्वारा धुर्मुस सुन्तलीलाई रंगशाला निर्माणका लागि नगद सहयोग



०८ फागुन २०७६, काठमाडौं

धुर्मस सुन्तली फाउण्डेसनद्धारा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि एआइएका विद्यार्थीहरुले नगद सहयोग गरेका छन ।

शंखमुल स्थित एआइएका विद्यार्थी सन्देश बस्याल, अभिसेक गौतम सहितका विद्यार्थीहरुले एक समिति नै बनाएर सहयोग संकलन गरेका थिए ।  बुधबार बिद्यालयमा आयोजित समारोहमा बिद्यालयका प्रिन्सिपल बिमल घिमिरे, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि ज्ञवाली, सहयोग संकलन समितिका सयोजक सन्देश बस्याल, अभिसेक गौतमले धर्मुस सुन्तलीलाई ३ लाख ४० हजार २ सय हस्तान्तरण गरेका हुन ।

सो अबसरमा धुर्मुस सुन्तलीले रंगशाला बनाउने पबित्र कार्यका लागि स्वयम् बिद्यार्थीहरुले गरेको ३ लाख सहयोग आफुहरुका लागि ३ करोड जस्तो भएको भन्दै धन्यबाद दिएका छन ।

कार्यक्रममा खेलाडी दिपक बिष्ट, खेलकुद पत्रकार संघका अध्यक्ष प्रकाश तिमिल्सिना,   प्रिन्सिपिल बिमल घिमिरे, कृष्ण गैरे, सन्देश बस्याल लगायतले सहयोगी हात बढाउन आग्रह गरेका थिए भने धुर्मस सुन्तलीले अब ४ महिना भित्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनिसक्ने जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्