बाँस्कोटाको राजीनामा स्वीकृत, थप मन्त्रालय सम्हाल्दै खतिवडा र नेम्वाङ [विज्ञप्ति सहित]



०८ फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा संचार प्रविधिमन्त्रीबाट गोकुल बाँस्कोटाले दिएको राजीनामा स्वीकृत गरेका छन्।

बाँस्कोटाले बिहीबार [आज] प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए। सेक्युरिटी प्रेस खरिदबाट आउने कमिसनमा बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले राजीनामा दिएका थिए।

बाँस्कोटाले शहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहेका थिए। उनले राजीनामा दिएपछि खाली भएका मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री युवराज खतिवडा र यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई दिइएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्