‘बरु प्रधानमन्त्री पद धरापमा परोस, भ्रष्टहरुलाई संरक्षण गर्दिन’



०८ फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने कसैलाई संरक्षण नगर्ने बताएका छन्।

बिहीबार (आज) काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले पदमा पुर्‍याउनुको अर्थ लुट्न छुट नभएको भन्दै कुनै भ्रष्टको अनुहार नहेरी एक्सनमा उत्रिने बताएका हुन्।

‘सुशासनका लागि चाल्नुपर्ने कदममा म हिच्किचाउँदिन। अप्ठ्यारा र कठिनाइ त अवश्य आउँछन्।” प्रधानमन्त्री ओलीले भने, ‘बरु प्रधानमन्त्री पद धरापमा परोस, भ्रष्टहरुलाई संरक्षण गर्दिन’

यस्तै भ्रष्टाचारप्रतिको शून्य सहनशीलता भन्ने मात्रै कुरा नभइ काम गरेर देखाउने आफ्नो बानी रहेको प्रधानमन्त्रीको भनाइ थियो।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्