‘जनताको पैसामा कमिसन खाने मन्त्री चाहिँदैन’



०८ फागुन २०७६, काठमाडौं

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध साझा पार्टीले बालुवाटारमा प्रदर्शन गरेको छ।

‘जनताको पैसामा कमिसन खाने मन्त्री चाहिँदैन’लगायतका प्लेकार्ड देखाएर प्रधानमन्त्री सरकारी निवास बाहिरपट्टि साझाले मन्त्री बाँस्कोटाविरुद्ध प्रदर्शन गरेको हो।

विरोधमा उत्रिएका साझाका नेता/कार्यकर्तासाझाका नेता/कार्यकर्ताहरु ‘सञ्चारमन्त्रीलाई बर्खास्त गर।’, ‘भ्रष्टलाई सिंहदरबार होइन, जेल हालौं।’, ‘घूसखोर, कमिसनखोर र विचौलियालाई जेल हाल।’लगायतका थप प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका थिए।

विरोध प्रदर्शनमा पार्टीको केन्द्रीय सदस्य प्रकाशचन्द्र परियार, युवा नेता सूर्यदीप रेग्मीलगायत पार्टीका उल्लेख्य सदस्यहरुसँगै समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो।

७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएसँगै बढेको जनदवावका कारण मन्त्री बाँस्कोटाले अहिले आफ्नो पदबाट राजीनामा दिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्