सञ्चारमन्त्री प्रकरणमा दूतावासको संलग्नता नरहेको र मिश्र आफ्नो देशको एजेण्ट नभएको प्रष्ट



०८ फागुन २०७६, काठमाडौं

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग सम्बन्धित समाचारप्रति नेपालस्थित स्वीजरल्याण्ड दूतावासले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सो सम्बन्धी कुनै पनि छलफलमा दूतावासको संलग्नता नरहेको प्रष्ट पारेको छ।

दूतावासले आज एक विज्ञप्ति जारी गर्दै सो घटनासँग सम्बन्धित कुनै पनि छलफल नभएको र भविष्यमा पनि नहुने जनाउँदै समाचारमा उल्लेखित व्यक्तिसँग दूतावासको कुनै सम्बन्ध नरहेको उल्लेख गरेको छ।

यस्तै सो व्यक्ति स्वीस कम्पनीको स्थानीय एजेन्ट नरहेको पनि उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्