यौन सम्पर्कमा पूर्ण रुपमा सन्तुष्टि लिने तरिका



०८ फागुन २०७६, काठमाडौं

एक जना मात्र सन्तुष्ट हुनलाई सम्भोग भनिँदैन। सम्भोगको अर्थ भनेकै दुवैले समान रूपमा भोग्ने वा यौनको आनन्द पाउनु भन्ने हो।

यौन आनन्द प्राप्त गर्न विशेष गरी पाँच चरण पार गर्नुपर्दछ।

चाहना

यौन सम्पर्क राख्ने चाहना हुनुपर्छ। चाहना भएन भने जबर्जस्ती गरिने यौन सम्पर्कले सन्तुष्टि दिन सक्दैन।

यसमा कल्पना, दृश्य, आवाज, बासना, कुराकानी, स्पर्श, अश्लील चित्र, चलचित्र हेर्दा उत्पन्न हुने यौन चाहना आदि पर्छन्।

यौनाकर्षण फरकफरक हुन्छ नै। कसैको कपालमा त कसैको स्तनमा यौन आकर्षण हुन्छ।

कसैको पिँडौलामा त कसैको आँखामा यौन आकर्षण हुन्छ।

उत्तेजना

महिलाको तुलनामा स्वभावले नै पुरुष यौन आकर्षणमा उत्तेजित हुन्छन्।

यो अवस्थामा आई पुग्नेहरूको शरिरमा रक्तचाप केही बढेको, मांसपेशीहरू हीके कस्सिएको, सामान्य यौनरस स्खलन तथा यौनांगहरूको आकार बढ्ने र सक्रिय हुन थालेको अनुभव हुन्छ।

धारणा

यो अवस्थामा शारीरिक हाउभाउअनुसारको सञ्चार भएको हुन्छ।

श्वास प्रश्वास, मुटुको चाल र रक्तचाप अत्यधिक बढेको हुन्छ।

योनी र लिंगबीचको अत्यधिक घर्षणले यौनरस निस्कन्छ।

महिलाको पाठेघरको टुप्पो पेटको केही माथि उठेको, योनी उठेको, यौनीकै क्लिटोसी केही नपुगेको र पुरुषको अन्डरस शरिरमा टाँस्सिएको हुन्छ।

चरम आनन्द

यतिबेला दुवैजनाले स्वर्णिम आनन्दको अनुभव गर्छन्।

शरिरमा रहेको इन्डोफिरिन्स नामक रासायनिक पदार्थले शरिरलाई यौनमा सक्रिय बनाउन सहयोग गरिरहेको हुन्छ।

तर मानसिक सक्रियताले मात्र यौनमा चरम आनन्द प्राप्त गर्न सकिन्छ।

समापन

यो अवस्थामा शरिरमा यौन मांसपेशी निष्क्रिय जस्तै भएर सुस्ताएका हुन्छन्। अर्थात् पहिलेकै अवस्थामा फर्किसकेका हुन्छन्।

महिलाभन्दा पुरुष धेरै गलिसकेका हुन्छन्। पुरुष स्खलित भएको पाँच, दस मिनेटमै फेरि यौन सम्पर्कका लागि तयार हुन सक्छन्।

प्रतिक्रिया दिनुहोस्