संचारमन्त्री बाँस्कोटा दोषी भए आलम र गच्छेदारलाई जोगाउन सडकमा गए जसरी हामी जादैँनौं : अध्यक्ष महर



०८ फागुन २०७६, काठमाडौं

अनेरास्ववियूका केन्द्रिय अध्यक्ष ऐन महरले संचारमन्त्री गोकुल बाँस्कोटा दोषी ठहरिए नेविसंघले मोहम्मद आलम र बिजयकुमार गच्छेदार जोगाउन सडक आन्दोलन गरेजस्तो अनेरास्ववियूले नगर्ने बताएका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा तीन फरकफरक स्टाट्स पोष्ट गरेका छन् । पहिलो स्टाट्समा, ‘संचारमन्त्री ज्यूले राजिनामा दिएर मार्ग प्रशस्त गर्ने र यो घटनाको सत्य तथ्य छानबीन गरी कानुनी दायरामा ल्याउनु नै उचित हुन्छ ।’

लगत्तै उनले अर्काे स्टाट्स लेख्दै भने, ‘साथीहरु धैर्य गर्नुस् ! दोषी भए कानून बमोजिम गोकुल बाँस्कोटा सजायको भागीदार हुनेछन् । हामी आलम र गच्छेदारलाई जोगाउन सडकमा गए जसरी जादैँनौं ।’

सायद उनले प्रधानमन्त्री कार्यालयको सूचनाको आधारमा रहेर होला तेस्रो स्टाट्समा संचार मन्त्रीले राजीनामा दिने संकेत गर्दै लेखे, ‘चिन्ता नगर्नुस ! केपी ओली नेतृत्वको नेकपाको सरकार छ यो देशमा । फेरी पनि कानुन भन्दा कोह छैन भनेर कानुनी राज्यको आभाष हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्