संसारकै मोटो बालकः सबैलाई चकित पार्ने गरी यसरी घटाए आफ्नो तौल(भिडियोसहित)



०८ फागुन २०७६, काठमाडौं

संसारकै मोटो बालक आर्या परमानाले आफ्नो वजनको धेरै भाग घटाएपश्चात् अत्याधिक खुशी भकाए छन्।

उनले कडा मेहनत गरेर १०८ किलो तौल घटाएका हुन्। उनको यस्तो चमत्कारीक कामले सबैलाई चकित पारेका छ।

उनको तौल १९३ किलो रहेको थियो। आर्याको नयाँ रुपले सबैलाई चकित बताएको छ।

उनको सामाजिक सञ्जालमा भाइरल भएका तस्बिरले पनि उनको कडा परिश्रम झल्काएको छ। डेली मेलमा प्रकाशित एक रिपोर्टका अनुसार आर्या परमानाको तस्बिर र भिडियो अदे राय नामका एक प्रयोगकर्ताले पोस्ट गरेपश्चात् त्यसको चर्चा सुरु भएको छ।

भिडियोमा आर्याको अहिलेसम्मको यात्रा देखाइएको छ। जुन यात्राको धेरैले आश्चर्य ब्यक्त गरेका छन्।

उनको यो मेकओभरको पछाडि भ्यारिएट्रिक र्जसरी, डाइट प्लान र दैनिक कसरत भएको उनको पिताले बताए। आर्याको एउटा सर्जरी भइसकेको छ।

तर उनको शरिरमा अझै पनि झोलिएका छालाहरु बाँकी छन्। ती छाला हटाउनको लागि कमसेकम २ पटक सर्जरी गर्नुपर्ने डाक्टरहरुले बताएका छन्।

आर्याले २०१६ बाट तौल घटाउन सुरु गरेका थिए। ट्रेनर अदेका अनुसार सुरुमा उनले आर्याको दिनचर्याको बारेमा सोधपुछ गरे र सन्तुलित आहाराबाट उनको तौल घटाउन प्रयास गरेका थिए।

प्रतिक्रिया दिनुहोस्