जोन एकेडेमीद्वारा ‘खेलकूद समारोह–२०७६’को शुभारम्भ



०७ फागुन २०७६, काठमाडौं

काठमाडौं बौद्ध नयाँवस्तीस्थित जोन एकेडेमीले आफ्नो वार्षिक कार्यतालिकाअनुसार ‘खेलकूद समारोह–२०७६’ को शुभारम्भ गरेको छ।

समारोहको उद्घाटन बुधबार (आज) विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रकाश पुडासैनीले गरेका हुन्।

आजबाट शुरु भएको खेल ९ फागुनसम्म चल्ने विद्यालयका प्राचार्य भोजकुमार धमलाले जानकारी दिए।

“यस्ता कार्यक्रमले विद्यार्थीमा भएको अन्तर्निहित प्रतिभा उजागर गर्न सहयोग छ।” विद्यालयका इसीए इन्चार्ज नारायण चौलागाइँले भने।

समारोहमा उपस्थित अभिभावकहरुको लागि मनोरञ्जनात्मक खेल घौंटाफोर समेत राखिएको विद्यालयले जनाएको छ।

समारोहका थप झलकहरु

प्रतिक्रिया दिनुहोस्