इन्सेक तथ्यांक : एक वर्षमा ५३० बलात्कृत



०७ फागुन २०७६, काठमाडौं

नेपालमा मानवअधिकार उल्लंघन र ज्यादतिका घटनाहरुमा बढेका बढेका छन्।

बुधबार (आज) अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको प्रतिवेदनले सन् २०१८ भन्दा सन् २०१९ मा मानव अधिकार उल्लंघन र ज्यादतिका घटनाहरु बढेको देखिएको हो।

सन् २०१८ मा ५,११० जना पीडित भएकामा सन् २०१९ मा यो संख्यामा १,५३२ ले बढेर ६,६४२ पुगेको छ।

मानव अधिकार उल्लंघनका घटनामा ६८ महिला र ८६२ पुरुष गरी ९३० जना पीडित रहेका छन्। यस्तै, ५,०५८ महिला र ६५४ पुरुष गरी ५,७१२ ज्यादतिका घटनाबाट पीडित भएको इन्सेकले देखाएको छ।

नेपाल मानव अधिकार वर्ष पुस्तकको विमोचन कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले यो वर्ष गोली लागेर भोजपुरमा २, सप्तरीमा १, सर्लाहीमा २, रुपन्देहीमा १ र कपिलवस्तुमा १ गरी ७ जनाको मृत्यु भएको बताए।

यसैगरी यातनाका घटनाबाट १३ जना पीडित भएका छन्। यस्तै गिरफ्तारीका घटनामा ७०२, जातीय विभेदका घटनामा ६२, अमानवीय व्यवहारका घटनामा ४०, भेला तथा संगठित हुने अधिकारमा ९८ र धम्कीका घटनामा ३५ जना पीडित भएका छन्।

त्यस्तै, कुटपिटका घटनामा २७९ जना पीडित भएको इन्सेकले जनाएको छ। यस्तै ८ जना विस्थापनका घटना र २ जना बेपत्ता पारिएको घटनामा पीडित भएका छन् ।

सन् २०१९ मा महिलामाथि हुने हिंसाका घटनामा ती ३,३६३ जना पीडित भएका छन्। घरेलु हिंसामा २७९ र बलात्कार घटनाबाट ५३० जना पीडित भएको तथ्यांक इन्सेकले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्