माओकोे फोटोमा मास्क लगाएको भन्दै चिनियाँ पत्रकार आक्रोशित (भिडियो सहित)



०७ फागुन २०७६, काठमाडौं

कान्तिपुर मिडिया ग्रुपको अंग्रेजी प्रकाशन काठमाण्डु पोस्टले फेब्रुअरी १८ तारिखका दिन ‘चाइना सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स्ट’ शीर्षकको लेखमा प्रकाशित फोटोप्रति चाइना मिडिया ग्रुप (सीएमजी)ले आपत्ति जनाएको छ ।

माओको मास्क लगाइएको फोटो प्रकाशनप्रति चाइना मिडिया ग्रुपको आपत्ति : 

प्रकाशित तस्वीरमा १०० चिनियाँ आरएमबीमा अंकित माओत्सेतुङको फोटोमा मास्क लगाईएको छ । चीनले आफ्ना नेताप्रति उच्च आदरभाव राख्ने बताउँदै नेपालस्थित सीएमजीका पत्रकार चाङ् युएले यस्तो फोटोबाट चिनियाँ जनता र राजनेता प्रति अपमान भएको उल्लेख गरेकी छिन् ।

कोरोना भाइरसको संक्रमण विश्वव्यापी भएबाट यसबाट बच्नका लागि हाल चिनियाँहरूले मात्रै नभएर विश्व स्वास्थ्य संगठनको अपिल बमोजिम जो कोहीले मास्क लगाउने गरेका छन् । संवाददाता चाङ् युएले एउटा भिडियोमा मास्क लगाउँदै भनिन्, ‘यदि मास्क लगाएको चिनियाँको फोटो चाहिएको भए मेरो फोटो निःशुल्क प्रयोग गर्नुहोस् ।’

नेपाल र चीनबीचको सम्बन्ध निकै राम्रो हुँदाहुँदै पनि एउटा ठूलो राष्ट्रिय दैनिकबाट भएको कमजोरीप्रति खेद व्यक्त गर्दै पश्चिमा संचारमाध्यमको लहैलहैमा लागेर नकारात्मक भावना फैलिने खालका सामग्री चिनियाँका लागि स्वीकार्य नहुने सीएमजीका पत्रकार चाङ् युएले आक्रोश पोखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्