इबीए र एनईए फाइनलमा



०७ फागुन २०७६, काठमाडौं

दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) र एनईए फाइनलमा प्रवेश गरेका छन् ।

धापासीस्थित घरेलु कोर्टमा भएको पहिलो सेमिफाइलनमा इबीएले स्किब्सलाई ३०–२० ले पराजित गर्‍यो । इबीएको जितमा सुनील मल्लले १७ अंक योगदान गरे । सुरुका तीन क्वाटरमा इबीएले १२–७, १०–४ र ६–५ को अग्रता लिएको थियो । चौथो तथा अन्तिम क्वार्टर ४–४ को बराबरीमा टुंगियो । दोश्रो सेमिफाइनलमा नारायण पौडेलको १२ अंक सहयोगमा एनईएले नेपाल मोडेललाई २४–२० ले हराएको छ ।

गर्ल्सको थ्री बाइ थ्रीमा इबीए ‘ए’ फाइनलमा पुग्यो । पहिलो सेमिफाइनलमा इबीए ‘ए’ ले आफ्नै ‘सी’ टिमलाई १२–७ ले पाखा लगायो । विजेताकी ईशा मगरले ४ स्कोर गरिन् । इबीए ‘ए’ ले उपाधिका लागि इबीए ‘बी’ र नाम्सबीच हुने दोश्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्