‘कार्यदलले एमसीसीबारे अध्ययन मात्रै गर्छ, निर्णय गर्दैन’



०७ फागुन २०७६, काठमाडौं

एमसीसीबारे अध्ययन गर्न बनेको कार्यदलका सदस्य प्रदीपकुमार ज्ञवालीले कार्यदलले एमसीसीबारे अध्ययन मात्रै गर्ने बताएका छन्।

बुधबार बङ्गलादेशको औपचारिक भ्रमण सकेर नेपाल फर्किएका नेपाल सरकारका परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले कार्यदलले एमसीसीबारे अध्ययन गर्ने तर, निर्णय नलिने बताएका हुन्।

नेकपा केन्द्रीय कमिटी बैठकमा केही टोलीका नेताहरुले यसको विषयमा प्रष्ट नबुझेकाले अध्ययन गरेर थप प्रष्ट पार्ने अधिकार दिएर कार्यदल गठन गरिएको र कार्यदलले अध्ययन मात्रै गर्ने परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ थियो।

केन्द्रीय बैठकले ज्ञवालीसहित झलनाथ खनाल र भीम रावल गरी तीन सदस्यीय कार्यदल गठन गरेको थियो।

अहिले कार्यदलले अध्ययन गरिरहेको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्