एक भारतीयले ट्रम्पको मुर्ति बनाएर गरे दिनहुँ पूजा



०७ फागुन २०७६, एजेन्सी

भारतमा एक व्यक्तिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मुर्ति बनाएर पूजा गरेका छन्।

तेलङ्गनाका जनगाँउका ३३ वर्षिय बुस्सा कृष्णले आफ्नो घर पछाडि ट्रम्पको मुर्ती बनाएर पूजा गरेका हुन्। उनले हिन्दु परम्पराअनुसार दिनहुँ पूजाआजा गर्ने गरेको समाचार संस्था एएफपीलाई बताएका छन् ।

फेब्रुअरी २४ का ट्रम्प र उनकी श्रीमती मेलिनिया ट्रम्पले दुई दिन भारत भ्रमण गर्दैछन्। ‘ट्रम्प सर तपाई मेरो भगवान हो, भारतमा स्वागत छ, म एकदमै खुशी छु’ कृष्णले भनेका छन् ।

कृष्णले फेसबुक र इन्स्टाग्राममा ट्रम्प लेखिएको निलो र रातो टिसर्ट लगाएर मुर्तिको पूजा गरिरहेको तस्विर समेत राखेका छन्।

प्रतिक्रिया दिनुहोस्