दीक्षालयमा ‘बूनपा बाल कला तथा साहित्य महोत्सव २०७६’ हुँदै



०७ फागुन २०७६, काठमाडौं

‘बूढानीलकण्ठ नगरपालिकाको उत्सव, कला तथा साहित्य महोत्सव’ भन्ने मूल नाराका साथ बूनपा ११ कपन प्रगति चोक स्थित दीक्षालय विद्यालयमा ‘बूनपा बाल कला तथा साहित्य महोत्सव २०७६’ हुने भएको छ ।

आगामी फागुन २४ गते विहान ९ः३० देखि विद्यालय परिसरमा आयोजना गर्न लागिएको बाल कला तथा साहित्य महोत्सवमा कथा वाचन, विद्यार्थीहरुमा पढ्ने बानीको विकास, सिर्जनात्मक लेखन, कथा लेखन, कला गतिविधि, भाषिक सीप सम्बन्धी खेलहरु लगायतको कार्याशाला गोष्ठीहरु हुनेछन् ।

त्यसैगरी बूढानीलकण्ठ नगरपालिकाका मेयरसँग आगामी शैक्षिक योजनाका बारेमा अन्तरक्रिया, बूढानीलकण्ठ शिक्षा शाखाका विषय विज्ञहरुसँग स्थानीय पाठ्यक्रसम्बन्धी अन्तरक्रिया पनि हुनेछ । विद्यमान अवस्थामा सामाजिक संजाल र विद्यालय शिक्षाका बारेमा विज्ञसँगको अन्तरक्रिया र विद्यार्थी शिक्षक लगायत सम्पूर्ण पेशा तथा व्यवसायमा आवद्ध व्यक्तिहरुमा पढ्ने बानीको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया पनि कार्यक्रमको आकर्षण हुन् ।

यसका अतिरिक्त पपेट शो, कविता वाचन, साहित्यिक अन्तरक्रिया, आर्ट एण्ड क्राफ्ट प्रदर्शनी, फेस पेन्टिङ्ग, नाटक प्रदर्शन, साँस्कृतिक कार्यक्रमहरुका साथै पुस्तक प्रदर्शनी र फुड स्टल कार्यक्रमका आकर्षणहरु हुन् ।

बूढानीलकण्ठ नगरपालिका तथा दीक्षालय नेपालको आयोजना र कथालयको प्राविधिक सहयोगमा हुन गईरहेको कार्यक्रममा सबै आगन्तुकहरुलाई प्रवेश निःशुल्क गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्