‘चीनलाई नजिस्क्याऊँ’



०७ फागुन २०७६, काठमाडौं

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईले कोभिड १९ (कोरोना भाइरस) सँग लडिरहेको छिमेकी मुलुक चीनलाई नजिस्क्याउन आग्रह गरेका छन्।

बुधबार (आज) मन्त्रालयमै पत्रकारहरुसँगको कुराकानीका क्रममा मन्त्री भट्टराईले संकटमा परेको छिमेकीलाई सबैले साथ दिनुपर्ने बताउँदै नजिस्क्याउन आग्रह गरेका हुन्।

यस्तै उनले चीन कोरोना भाइरस नियन्त्रणमा जुटिरहँदा कमजोर बनाउन सकिन्छ कि भनेर दाउपेच गर्न पनि अनुचित हुने बताए।

“छिमेकी महाशक्ति राष्ट्र चीनले ठूलो प्रकोपको सामना गरिहेको छ। यस्तो बेलामा चीनलाई जिस्क्याउने र अनर्गल प्रचार गर्ने होइन।”मन्त्री भट्टराईले भने, ‘यो मौकाबाट चीनलाई कमजोर बनाउन सकिन्छ कि भनेर दाउपेच गर्ने पनि होइन। हामी नेपाल सरकार र नेपाली जनताबाट चीनलाई साथ दिन चाहन्छौं।’

एक अंग्रेजी दैनिक पत्रिकामा प्रकाशित सामाग्रीलाई लिएर चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै १७ सम्पादकहरुले विज्ञप्ति निकालेको केही समयपछि मन्त्री भट्टराईले यस्तो बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्