साँढेलाई उत्तेजित पार्ने औषधी खाएपछि, एक व्यक्ति तीन दिनसम्म उत्तेजित अवस्थामै



०७ फागुन २०७६, एजेन्सी

अमेरिकाको मेक्सिकोको रिनोसा शहरमा एउटा अनौठो घटना घटेको छ ।

त्यहाँका एक व्यक्तिले शारीरिक सम्बनध गर्दा उत्तेजना बढाउन भन्दै साँढेलाई उत्तेजित पार्ने औषधी खाएपछि उनलाई तीन दिनसम्म उत्तेजित अवस्थामै रहेपछि अस्पतालमा भर्ना गर्नु परेको मेक्सिकोको मिडियामा उल्लेख गरिएको छ ।

यी व्यक्तिले ३० वर्षकी एक महिलासँग शारीरिक सम्बन्धअघि साँढेलाई उत्तेजित गर्ने औषधी खाएका थिए । त्यसपछि उनको स्थिति यतिसम्म खराब भयो कि, तीन दिनसम्म उत्तेजित अवस्थामै रहेपछि उनलाई उत्तेजित अवस्थामै अस्पताल भर्ना गर्नु पर्यो ।उनको स्थिति नसुध्रिएपछि डाक्टरले उनको गुप्तांगको सर्जरी गरेर मात्र स्थिति सुध्रियो

उनलाई रिनोसा शहरको स्पेशलाइज्ड अस्पतालमा भर्ना गरिएको थियो । त्यो औषधीलाई मेक्सिकोमा किसानहरु साँढेलाई गाईसँग प्रजनन क्रिडा गराउनुअघि खुवाउने गर्छन् । यो औषधीको प्रयोगपछि एउटा साँढेले कैयौं गाईहरुलाई गर्भधारण गराउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्