दुई साना विमान एकआपसमा ठोक्किँदा ४ जनाको मृत्यु



०७ फागुन २०७६, काठमाडौं

अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार (आज) दुई साना विमान एक आपसमा ठोक्किँदा ४ जनाको ज्यान गएको छ।

त्यहाँको प्रहरीका अनुसार दुवै विमानमा एक-एक जना पाइलट र एकएक जना यात्रु सवार थिए। दुर्घटनामा उनीहरु सबैको ज्यान गएको छ।

दुवै विमान कानूनी रुपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्