खाली पेटमा पानी पिउनु अमृत समानः अध्ययन



०७ फागुन २०७६, काठमाडौं

जाडो मौसम होस् या गर्मी मौसम नै किन नहोस्, मानव शरिरका लागि पानी पहिलो प्राथमिकता हो।

हामीलाई लाग्ने अधिकांश रोगहरु पानीकै कारण लाग्ने गर्दछन्।

पानी पिउँदा पनि धेरै समस्याको समाधान हुन्छ। अझ खाली पेटमा पानी पिउनु स्वास्थ्यका लागि निकै फाईदा हुने चिकित्सकहरु बताउँछन्।

अध्ययन भन्छ, ‘यदि मानिस स्वस्थ रहने हो भने सबैभन्दा पहिले पेटलाई स्वस्थ राख्नुपर्दछ।’

मानिसका अधिकांश रोग खानपानबाटै उब्जिन्छन्। पेटलाई सबै कुरामा बचाउने हो भने अधिकांश प्राणघातक रोगबाट बच्न सकिने सम्बन्धित चिकित्सकहरु बताउँछन्।

पेट सधैँ स्वस्थ राख्न बिहानै मनतातो पानी पिउनु अमृत समान हुन्छ। खाली पेट पानी पिउँदा स्वास्थ्यमा अनेकौं फाइदा हुने तथ्य सर्वप्रथम जापानमा प्रमाणित भएको हो।

प्रायः जापानीले बिहान उठ्नेवित्तिकै चार गिलास पानी पिउँछन्। पानी खाएको आधा घन्टापश्चात् मात्र ब्रेकफास्ट लिन्छन्। यो वाटर थेरापीले उनीहरुलाई सक्रीय र स्वस्थ रहन मद्दत गरिरहेको छ।

खाली पेट पानी पिउँदा करिब ९० प्रतिशत रोगबाट बच्न सकिन्छ। यसमा पनि मनतातो पानी उपर्युक्त हुने बताइन्छ।

बिहान खाली पेटमा मन तातो पिउँदा पुग्ने फाइदाहरु

आन्द्रामा फ्लस

खाली पेट प्रशस्त पानी पिउँदा पेटका विकार शौचमार्फत जाने र पेट सफा हुन्छ। यसले पाचन प्रणालीलाई पनि सहयोग गर्दछ।

तपाईँलाई एक बिहानै शौच आउदैन भने कम्तिमा दुई गिलास मन तातो पानी खाली पेट खाँदा खुलेर शौच आउछ।

शरिरका विकार फालिदिन्छ

तपाईँ बाथरुम जाँदा शरिरका उत्तेजित र विकारलाई बाहिर फालिदिनुहुन्छ।

जतिधेरै पानी पिउनुहुन्छ त्यति धेरै विकार शरिरबाट फाल्न सहयोग पुग्छ।

भोक बढाउछ

नियमित खाना खानु महत्वपूर्ण हुन्छ। तर भोक लागेन भने के गर्ने?

खाली पेट पानी पिउँदा तपाईँको भोग जाग्छ।

टाउको दुख्नबाट बचाउछ

मानिसलाई बारम्बार टाउको दुख्नुको मुख्य कारण पर्याप्त पानी नपिउँनु पनि एक हो।

डिहाइड्रेसनको ख्य मुलक्षण नै टाउको दुख्नु हो। तसर्थ बिहान उठ्नेवित्तिकै पानी पिउनुभयो भयो भने जुन समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ।

टाउको दुख्नबाट बचाउनको अतिरिक्त यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमणबाट जोगाउछ।

कोलोन सफा गर्छ

पानी पिउँदा कोलोन सफा गरिदिन्छ। एक गिलास पानी खाली पेट खाँदा कोलोनमा जम्मा भएको लेदो र विकार सफा गरिदिन्छ।

कोलोन सफा भएमा शरिरलाई आवश्यक पोषक तत्व शोषण गर्न सहयोग पुर्याउछ। तपाईँको कोलोन सफा भएमा समग्रमा सम्पूर्ण शरिर नै स्वस्थ हुन्छ।

मेटाबोलिजमलाई तीब्र पार्छ

यदि तपाईले डाइटिङ गर्दै हुनुहुन्छ भने खाली पेट पानी पिउनु उत्तम उपाय हो।

पानी पिउँदा कम्तिमा पनि २४ प्रतिशतले मेटाबोलिजमलाई बृद्धि गर्दछ।

जसको अर्थ तपाईँले चाँडो र प्रभावकारी रुपमा खाना पचाउन सक्नुहुन्छ। जसकारण छोटो समयमा नै तौल घट्छ।

उर्जा बढाउछ

यदि तपाईँलाई अल्छि लागेको छ भने एक गिलास पिउनुहोस्। खाली पेटमा पानी पिउँदा रगतका रक्त कोषिकालाई चाँडो बढ्न सहयोग पुर्याउछ।

जति धेरै कोषिकाको बृद्धि हुन्छ। त्यति नै धेरै शरिरमा अक्सिजन प्रबाह हुन्छ। जसकारण शरीरमा उर्जा मिल्छ।

अनुहारको छालामा चमक ल्याउछ

खाली पेट प्रशस्त पानी पिउँदा अनुहारको चमक बढाउँछ।

शरिरमा जति बढी विकार र उत्तेजित तत्व हुन्छ। त्यति नै तपाईँको अनुहारको छाला नराम्रो बनाउँछ।

तर प्रशस्त पानी पिउँदा विकार हट्ने भएकाले अनुहारको सुन्दरतामा निखार आउछ।

रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ

पानी स्वास्थ्यका लागि नभई नहुने तत्व हो। शरिरमा तरल पर्दाथको सन्तुलनका लागि पनि पानी नभई हुँदैन।

दिनहुँ खाली पेटमा पानी खाँदा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्दछ।

प्रतिक्रिया दिनुहोस्