‘एमसीसी टेबुल गर्न नमान्दा मलाई फसाइयो’



०७ फागुन २०७६, काठमाडौं

प्रतिनिधि सभाका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूले कुनै गल्ती नगरेको दावी गरेका छन्।

उनले सफाइपछि दिएका एक अन्तरवार्ताका क्रममा अदालतले गरेको फैसला सत–प्रतिशत सही भएको बताउँदै आफूले कुनै गल्ती नगरेको दावी गरेका हुन्।

“मैले कुनै गल्ती गरेको छैन। कुनै अपराध गरेको छैन।” उनले भने, ‘एमसीसी सम्झौता संसद्मा टेबुल गर्न नदिँदा यस्तो भयो।’

यस्तै उनले आफूले एमसीसी संसद्मा टेबुल गर्न नदिएको समेत बताए।

“एमसीसी टेबुल गर्न केही समय पर्खिनुपर्छ भन्ने मान्यता मेरो थियो। अनुमोदन नै गर्न नहुने भन्ने थिएन।” उनले भने, ‘एमसीसीलाई एक हिसाबबाट समाधान गर्नुपर्छ भन्ने सोचेको थिएँ।’

यस्तै उनले आफू पुर्पक्षको लागि जेलमा बस्दा राज्यलाई अझ राम्रोसँग बुझेको बताए।

प्रतिक्रिया दिनुहोस्