उत्तर कोरियाको नयाँ खुलाशा , किमको घोडाका लागि हजारौँ डलर खर्च..



०७ फागुन २०७६, एजेन्सी

उत्तर कोरियाका नेता किम जोङ उन सेतो घोडामा सवार भएको तस्बिर सामाजिक संजालमा निकै चर्चामा आएको थियो । उनको सो सोख पूरा गर्न उत्तर कोरियाले हजारौँ डलर खर्च गर्नुपरेको नयाँ खुलाशा भएको छ ।

अक्टोबर र डिसेम्बरका बीच किम त्यही घोडामा धार्मिक माउन्ट बेक्दुमा दुईपटक यात्रा गरेका थिए जसबारे कोरियाली संचार माध्यमभर अधिक प्रचार भएको थियो । सो चित्रले अन्तर्राष्ट्रिय दबाबका बावजुद किमको शक्तिशाली छवि प्रस्तुत गरेको प्योङयोङको राष्ट्रद्वारा सञ्चालित मिडियाले उल्लेख गरेको थियो ।

रुसबाट महङ्गा घोडा खरिद गर्ने उत्तर कोरियाको धेरै लामो इतिहास रहेको छ । संचार एजेन्सी रोयटर्सले रिभ्यु गरेको यो नयाँ डाटका अनुसार उत्तर कोरियाले गत वर्ष ७५ हजार ५०९ डलर बराबरका १२ वटा घोडा खरिद गरेको थियो ।

यसलाई २०१५ पछिको सबैभन्दा ठूलो खरिद बताइएको छ । त्यतिबेला भने यसले रुसबाट १ लाख ९२ हजार पर्ने ६१ वटा घोडाहरु किनेको थियो । यसरी २०१० देखि १९ का बीच उत्तर कोरियाले झन्डै ६ लाख डलर बराबरको १३८ घोडा आयात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्