विवाह गरेको एक घण्टामै जन्मियो शिशु



०७ फागुन २०७६, काठमाडौं

अमेरिकामा एक जोडीले विवाह गरेको एक घण्टापश्चात् बच्चा जन्माएका छन्।

अमेरिकाको इन्डियाना, साउथ बेन्डका मेयर ‘पेटे बुटिगिग’ले मेरी र गाबेले बिहान सवा आठ बजे आफ्नो अफिसमा आएर बच्चा जन्मनु अघि विवाह गराइदिन आग्रह गरेको बताए।

अफिसका अन्य कर्मचारी साक्षीको रुपमा उपस्थित भए भने औंठी तयार नभएकाले एक–अर्कालाई रिबन लगाइदिएर विवाह बन्धनमा बाँधिए।

त्यसपछि मेरीले डाक्टरसँग ९ बजेको समय लिइन्। उनले छोरीलाई जन्म दिएकी छिन्।

जेड क्याथरिन जोन्स साउथ ब्रेन्डकी सबैभन्दा नयाँ निवासी भएको मेयर बुटिगिगले आफ्नो फेसबुक पेजमा लेखेका छन्।

उनले बालिकाको तस्बिर पोष्ट गर्दै लेखे, ‘मेरो कार्यकालको समाप्तिमा मलाई यो कुरा विशेष याद रहनेछ।

नवविवाहित र नयाँ आमा–बुवालाई बधाई। जेड, तिमीलाई यो मायालु संसारमा स्वागत छ।

प्रतिक्रिया दिनुहोस्