राष्ट्रपतिको उम्मेदवार बन्न ४० करोड डलर खर्च



०५ फागुन २०७६, काठमाडौं

अमेरिकामा आगामी राष्ट्रपतीय निर्वाचनमा डोनल्ड ट्रम्पलाई चुनौती दिने डेमोक्रेटिक पार्टीका उम्मेदवार छनौटको लागि निर्वाचन भइरहेको छ।

चुनावमा अन्य उम्मेदवारहरु चन्दा उठाएर चुनावी अभियानमा कुदिरहेका छन्। तर, एक उम्मेदवारले भने, पूरै चुनाव खर्च आफैँले गरिरहेका छन्। उनी हुन् माइकल ब्लुमवर्ग। जो अमेरिकाका आठौं धनी व्यक्तिमा पर्दछन्।

उनको कुल सम्पत्ति ६४ अर्ब डलर छ। नोभेम्बरमा उम्मेदवारी घोषणा गरेका न्यूयोर्कका पूर्वमेयर ब्लुमवर्गले हालसम्म ४० करोड डलर खर्च गरिसकेका त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन्।

जसमध्ये पनि धेरै रकम टेलिभिजन विज्ञापनमा खर्च भएको छ। पैसाकै कारण ब्लुमवर्ग बुधबार हुने बहसका लागि छनौट भएका छन्। पार्टीले मान्यता दिएको सर्वेक्षणमा देशभरमा उनी १९ प्रतिशत मतसहित दोस्रो स्थानमा छन्।

उनीभन्दा अघि सोसल डेमोक्रेट उम्मेदवार बर्नी स्यान्डर्स छन्। उनको पक्षमा ३१ प्रतिशत मत देखिएको छ। उनी ब्लुमवर्गको चर्को विरोधी हुन्।

त्यस्तै जो बाइडढेन १५, एलिजावेथ वारेन १२, एमी क्लोबासर ९ र पिट बुट्टेजेज ८ प्रतिशतमा छन्।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्