
०६ फागुन २०७६, काठमाडौं
पप्पु कन्स्ट्रक्सनसहित अन्य ६ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।
कार्यालयले सोमबार (हिजो) सार्वजनिक सूचना प्रकाशित गर्दै निर्माण क्षेत्रमा बदमानी कमाएको पप्पु कन्स्ट्रक्सनसहित अन्य ६ कम्पनीलाई कालोसूचीमा राखेको हो।
कालोसूचीमा पर्ने ठेकेदार कम्पनीहरुहरुमा पप्पु कन्स्ट्रक्सनसहित अशोक न्यासुरको निशा सप्लायर्स, दामोदर दुलालको श्रीदेव सप्लायर्स, विष्णुकुमार कडरियाको सूर्योदय निर्माण एण्ड हाउजिङ् कम्पनी प्रालि, बारा कन्स्ट्रक्सन र हरिबहादुर खत्रीको एचबीकेसी निर्माण सेवा रहेका छन्।
पूर्व सांसद हरिनारायण रौनियारको पप्पु कन्स्ट्रक्सनलाई सबैभन्दा बढी ३ बर्षसम्मका लागि कालोसूचीमा राखिएको छ। पप्पुलाई कालोसूचीमा राख्न काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सिफारिस गरेको थियो।
यस्तै अन्य कम्पनीलाई भने एक-एक वर्षका लागि कालोसूचीमा राखिएको छ।






