नेकपा बागमती प्रदेशले पहिलो पार्टी एकता सुदृढीकरण तयारी भेला गर्दै



०६ फागुन २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीले २०७६ चैत १ गतेदेखि शुरु हुने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान तयारीको लागि यही फागुन १४ देखि १६ सम्म प्रदेश स्तरीय बिभिन्न कार्यक्रम संचालन गर्ने भएको छ ।

बागमती प्रदेश संगठन कमिटीका सचिवालय सदस्यका अनुसार बागमती प्रदेश सचिवालयको बैठक १४ फागुन २०७६ बिहान ११ बजेदेखि तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा तोकिएको छ ।

सचिवालयले बैठकले प्रदेश स्तरका बिभिन्न ३० विभागका सचिव लगायत सदस्यहरुको जिम्मेवारी बाँडफाँडका साथै संगठन विभाग, स्कूल विभाग र प्रचार तथा प्रकाशन विभागलाई पूर्णता दिने बुझिएको छ ।

त्यसैगरी १५ फागुन २०७६ विहान ११ बजेदेखि यलम्बर पार्टी प्यालेस सिंह दरबार पश्चिम गेट अगाडि हुने बागमती प्रदेश स्तरीय राजनीतिक भेला तथा प्रशिक्षणमा बागमती प्रदेश संगठन कमिटीका सदस्यहरु जिल्ला कमिटीका ईन्चार्ज, सह–ईन्चार्ज, अध्यक्ष, सचिव लगायत सचिवालय सदस्यहरु संघीय तथा प्रदेश सभाका सांसदहरु, महानगर, नगर, गाउँपालिकाका अध्यक्ष र सचिव, ज्येष्ठ कम्युनिष्ट मंचका अध्यक्ष, सचिव, प्रदेश जनसंगठन कमिटीका ईन्चार्ज, सह–ईन्चार्ज, संयोजक र सह–संयोजकहरुलाई आमन्त्रण गरिएको छ ।

१६ फागुन २०७६ बिहान ११ बजे तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान, च्यासलमा बागमती प्रदेश संगठन कमिटीको पूर्ण बैठक बस्नेछ । जसले सचिवालय बैठकबाट पारित निर्णयहरुको अनुमोदन गर्नुका साथै ०७६ चैत १ गतेदेखि ०७७ जेठ मसान्तसम्म संचालन हुने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सफल पार्न विशेष कार्य योजना तयार पार्ने बुझिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटी, काठमाडौंको निमन्त्रणा पत्र

प्रतिक्रिया दिनुहोस्