रुपन्देहीमा दुर्घटनामा एकको मृत्यु



०६ फागुन २०७६, रुपन्देही

रुपन्देहीको भैरहवा–लुम्बिनी सडकखण्डमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

भैरहवा–लुम्बिनी हुलाकी सडकखण्डअन्तर्गत मायादेवी गाउँपालिका–४ वनकसियामा टिपरले रुपन्देहीको मायादेवी गाउँपालिका–२ भिलरहवाका ६० वर्षीय रमेश लोधको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

भैरहवाबाट लु २ प १८७९ नंको मोटरसाइकलमा लुम्बिनीतर्फ जाँदै गरेका लोधलाई सोही दिशातर्फ जाँदै गरेको लु १ ख ३३१४ नंको टिपरले ठक्कर दिँदा घटनास्थल मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्