स्वावियु चुनाव अनिश्चित कालका लागि सर्‍यो



०६ फागुन २०७६, काठमाडौं

त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा १४ फागुनमा गर्ने भनेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सरेको छ।

त्रिवि कार्यकारी परिषद्को बैठकले विशेष कारण देखाउँदै अनिश्चित कालका लागि चुनावको मिती सारेको हो।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकूद शाखा र नेपाल विद्यार्थीसँग त्रिवि समितिबीच फागुनभित्रै चुनाव गर्ने सहमति गत २० पुषमा भएको थियो।

यसअघि २०७३ फागुन १८ गते स्ववियु चुनाव भएको थियो। त्यतिखेर निर्वाचित पदाधिकारीको दुई वर्षे कार्यकाल सकिएपछि आगामी १३ फागुनसम्म मात्र थप गरिएको छ।

२०७३ सालमा करिब २ सय ८० क्याम्पसमा मात्र निर्वाचन भएको थियो। त्रिविमा ६२ वटा आंगिक तथा हजार भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन्।

आंगिकमध्ये केही क्याम्पसमा २०७३ सालमा पनि चुनाव भएको थिएन। त्यस्तै सम्बन्धन प्राप्तमध्ये पचास प्रतिशतभन्दा बढी क्याम्पसमा चुनाव भएको थिएन।

प्रतिक्रिया दिनुहोस्