
०६ फागुन २०७६, काठमाडौं
विपद् व्यवस्थापन विभाग काठमाडौंका सव–इन्जिनियर गणेश ठकुल्लालाई बीस हजार घुससहित रंगेहात पक्राउ गरिएको छ ।
उनले जिल्ला आयोजना कार्यान्वयन ईकई बबरमहल, काठमाडौं मार्फत भुकम्पको कारण भत्किएका घर निर्माण सम्पन्न गरी दोस्रो र तेस्रो किस्ताका रकम निकासा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले सब–इन्जिनियर ठकुल्लालाई काठमाडौं महानगरपालिका ११ स्थित जिल्ला समन्वय समितिको क्यान्टिनबाट घुस सहित नियन्त्रणमा लिएको हो ।





