‘क्यान ईन्फोटेक २०२०’ मा स्टलकर्ताहरु उत्साहित



०६ फागुन २०७६, काठमाडौं

काठमाडौंको भृकुटीमण्डपमा गत शुक्रबार देखि जारी सुचना, प्रबिधि र मनोरन्जन सम्बन्धी सबै भन्दा ठुलो मानिएको प्रदर्शनी ‘क्यान ईन्फोटेक २०२०’मा अवलोकनकर्ताको भिडले आयोजक र बिभिन्न ब्राण्डका कम्पनीका स्टलकर्ताहरु निकै उत्साहित भएका छन् ।

प्रर्दशनी अवलोकन गरिरहदा एलजीको स्टलमा अवलोकनकर्ताको निकै भिडभाड देखिन्थ्यो । अवलोकनकर्ता सँग निकै ब्यस्त थिए–एलजी ब्राण्डका सृजन पौडेल । एलजी ब्राण्डका प्रोडक्टका बारेमा अवलोकनकर्तालाई जानकारी गराउदै थिए ,उनी । भन्दै थिए, एलजी आफैमा ब्राण्डेड प्रोडक्ट भएर पनि होला यसमा अवलोकनकर्ताको राम्रो आकर्षण रहेको छ । बिशेष गरि युवापुस्ताको रुची धेरै छ ,उनले भने । अवलोकनकर्ताको राम्रो उपस्थितीले आफु निकै उत्साहित भएको पनि बताए। प्रर्दशनीमा अवलोकनकर्तालाई लक्षित गरि एलजी ब्राण्ड सामान हेरि २५ प्रतिशत सम्म प्रोडक्टहरुमा बिशेष छुटकोे ब्यवस्था समेत गरेको छ । बिगतका बर्षमा भन्दा यो बर्ष युवा पुस्ताको उपस्थिती मेलामा बढी भएको उनले दाबी गरे ।

बेला बेलामा हुने यस्ता सुचना सम्बन्धी प्रर्दशनीले ब्राण्डको प्रमोशन हुनुका साथै जान्न र बुझ्न चाहानेका लागि नँया नँया प्रोडक्टको बारेमा एकै ठाँउमा पाउन सकिने राम्रो अवसर समेत भएको बताउछन् टिपी लिकंका अशोक अग्रवाल ।

१९९५ देखि क्यान ईन्फोटेकमा स्टल राखेर आफ्ना ब्राण्डका बारेमा जानकारी दिदै आएका उनले बिगतका बर्षहरुमा भन्दा अहिलेको प्रर्दशनीमा ब्राडिगं प्लेटफर्म राम्रो भएको दाबी गरे । उनले भने, टिपी लिकंमा राउटर ,युसबि स्विच ,सेलिगं राउटर, अवलोकनकर्ताले प्रोडक्टको बारेमा  जानकारी लिएको बताउदै

हर्डवयेरका अधिकृत बिक्रेता अमित शराफ यस्ता खाले प्रदर्शनीले बजार प्रवर्द्धनमा राम्रो  भुमिका खेल्ने बताए । कम्पनीले मार्केट प्रवर्द्धनको जिम्मा दिएकाले पनि  ल्यापटप ,कम्प्युटर ,डेस्कटप ,पेन ड्राइभ, स्टोरेज ,हार्डडिस्क सम्बन्धी सम्पुर्ण कामगर्दे आएको छ । बिगतका बर्षमा भन्दा अहिले

प्रदर्शनीमा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुशन, सोलार पावर सिस्टम, इन्भर्टर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एसेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनका स्टल समेत छन् । त्यसैगरी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल, मोबाइल आदि समेत प्रदर्शनीका आकर्षणको रुपमा रहेका छन् ।

यो बर्ष क्यान इन्फोटेकमा स्टार्टअप र ईन्नोभेसनलाई बिशेष महत्व दिएको क्यान महासंघका अध्यक्ष अध्यक्ष नवराज कुँवरले बताए । उनी भन्छन्, ब्यापार भन्दा पनि सर्बसाधारणले प्रदर्शनी मार्फत डिजिटल प्रबिधिबारे जानकारी लिन सक्नेछन्। नँया नँया प्रबिधिका बिषयमा चासो लिनेका लागि बुभ्ने र जान्ने राम्रो अवसर यस्ता प्रदर्शनी पनि हुने गरेका छन्, उनले भने । बिगतका बर्षहरुमा भन्दा यो बर्ष प्रर्दशनीमा अवलोकनकर्ताको उत्साहसनक सहभागिता रहेको बताउने कुँवरले ४ लाखले प्रदर्शनीको अवलोकन गर्ने दाबि गरे । २ गते शुक्रबार देखि शुरु भएको प्रदर्शनी ७ गते सम्म चल्नेछ। प्रदर्शनी १ सय ८६ स्टल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्