गोकुल बाँस्कोटालाई देख्नासाथ विरोधीहरु चुप लाग्छन् : प्रधानमन्त्री



०६ फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटको खुलेर प्रशंसा गरेका छन्।

सोमबार (हिजो मन्त्री बाँस्कोटको गृहजिल्ला काभ्रेपलाञ्चोक पुगेका प्रधानमन्त्री ओलीले बाँस्कोटाको बाँस्कोटको प्रशंसा गरेका हुन्।

प्रधानमन्त्री ओलीले मन्त्री बाँस्कोटालाई देख्नासाथ विरोधीहरु चुप लाग्ने बताएका थिए।

“आज देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बाँस्कोटा अर्कोतिर अरू सबैजस्तो भएको छ।”, ओलीले भने, ‘सरकारको विरोध गर्नुपर्‍यो भने गोकुल बाँस्कोटातिर हेर्नेबितिक्कै चुप लाग्छन्।’

प्रतिक्रिया दिनुहोस्