ललिता निवास जग्गा प्रकरणमा ‘गगन व्यङ्ग्य’ : ‘गोकुलधाममा खड्‍ग उचाल्नु र विष्णु-विष्णु भन्‍नु’



०६ फागुन २०७६, काठमाडौं

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले ललिता निवास जग्गा प्रकरणबारे स्वस्थानी व्रत कथासँग जोडेर व्यङ्ग्य गरेका छन्।

सांसद थापाले मंगलबार (आज) को प्रतिनिधि सभा बैठकमा नेकपा महासचिव विष्णु पौडेलले दिएको प्रष्टिकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाप्रति व्यङ्ग्य गरेका हुन्।

गगन व्यङ्ग्य
‘कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि! अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म कसैलाई थाहा नहुने गरी किन्नु। थाहा पाइहाले, होइन होइन भन्नु। चित्त बुझाउन नसकेर अप्ठेरो पर्न गए हत्तपत्त फर्काउनु र दुईपटक विष्णु विष्णु भन्नु। त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा खड्‍ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नु। त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नु पर्नेले देख्ने छैनन्। इति श्री अख्तियार पुराणे कुमार विष्णु सम्वादे श्री स्वास्थानी व्रत कथाय बालुवाटार प्रकरण वर्णनम प्रथम अध्याय नमो नमः।’

प्रतिक्रिया दिनुहोस्