पूर्व सभामुख महराको निलम्बन फुकुवा



०५ फागुन २०७६, काठमाडौं

पूर्व सभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बन फुकुवा भएको छ।

सोमबार (हिजो) काठमाडौं जिल्ला अदालतले सफाइ दिएपछि उनको सांसद पद निलम्बन फुकुवा भएको हो।

अदालतले महराले सफाइ पाएको पत्र मंगलबार संसद सचिवालयलाई पठाएपछि उनको निलम्बन फुकुवा भएको हो।

यौन दुर्व्यवहारको आरोप लागेपछि महराले गत १४ असोजमा सभामुख पदबाट राजीनामा दिएका थिए।

उनीविरुद्ध प्रहरीले यौन दुर्व्यवहारको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि सांसद पद निलम्बन भएको थियो।

प्रतिक्रिया दिनुहोस्