सिन्धुपाल्चोकमा नेपाली काँग्रेसका ५०० कार्यकर्ता नेकपामा प्रवेश



०६ फागुन २०७६, काठमाडौं

सिन्धुपाल्चोकमा तमु सोनाम ग्याल्वो ल्होसार पर्व २०७६ को अवसरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विशाल जनसभामा नेपाली काँग्रेसका करिव ५०० कार्यकर्ताले पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनालले नव प्रवेशीहरुलाई अबिर तथा माला लगाई स्वागत गरेका थिए ।

इन्द्रावती गाउँपालिका वडा नं. १० भोटसिपाबाट मोहन बहादुर तामाङ, गणेशमान तामाङ, रमेश आचार्य, प्रेम तामाङ हरि तामाङ, तेज थिङ लागायतका ४५ जनाको समूह नेकपामा प्रवेश गरेका हुन् भने वडा नं. ९ भोटसिपाबाट यस बहादुर तामाङ, गप सौगात तामाङ, रेशम तामाङ, मिलन तामाङ, राम बहादुर तामाङ, सन्जिब तामाङ, प्रेम बहादुर तामाङ, चीन बहादुर तामाङ, जुन बहादुर तामाङ, कृष्ण बहादुर तामाङ, राम बहादुर तामाङ लगायत २५ जनाको समूह रहेको छ । त्यस्तै इन्द्रावती ४ नवलपुरबाट राधाकृष्ण श्रेष्ठ लगायत सयौंले नेपाली काँग्रेस परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका
छन् ।

नेकपा प्रतिनिधी सभा क्षेत्र नम्बर १ ले जिल्लाको वलेफी गाउँपालिका वडा नम्बर ७ मा ल्होसार पर्वको पूर्वसन्ध्यामा उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्