
०५ फागुन २०७६, काठमाडौं/रोशन पोखरेल
अग्रजलाई सम्मान नवलाई प्रोत्साहन, कला, गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको दोश्रो साधना म्यूजिक अवार्ड २०७७ को आवेदन फारम खुल्ला गरिएको आयोजकले बताएको छ ।
नेपाली लोक गीत, आधुनिक, पप र लोक पप, डिजे गीत र राष्ट्रिय गीत लगायत ३० बिधामा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ । २०७६ बैशाख १ गतेदेखि फागुन ३० गतेसम्म बजारमा आएका नेपाली सिर्जनालाई समावेश गर्न पाउने भएका छन ।
नेपाली मौलिक लोकगीत संगीतको विकास र विस्तार एवम् प्रवर्द्धन गर्ने उद्देश्यका साथ भब्य र सभ्य रुपमा अवार्ड आयोजना गर्न लागिएको सामना क्रियसनकी अध्यक्ष सामना शाहले जानकारी गराएकी छिन् ।
आवेदन फारम अनामनगर स्थित सामना म्युजिक क्रियसन प्रालिको कार्यालयबाट प्राप्त गर्न सकिने आयोजकले बताएको छ ।





