महराको त्यो राजीनामा पत्र : ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु’



०५ फागुन २०७६, काठमाडौं

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई गत १२ असोजमा संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई यौन दुर्व्यवहार गरेको आरोप लाग्यो।

त्यसपछि १३ असोजमा रोशनीले महराविरुद्ध बोलेको दृश्य सामग्री सार्वजनिक भयो। त्यतपश्चात् महराले १४ असोजमा सभामुख पदबाट राजीनामा दिनुपर्‍यो।

उनले राजीनामा दिएपछि उनको राजीनामा पत्र विवादित बनेको थियो। आफ्नो राजीनामा पत्रमा उनले  ‘छानबिन प्रक्रिया नसकिँदासम्म नैतिकताको आधारमा राजीनामा दिएको’ उल्लेख गरेका थिए।

“हिजो १३ असोजमा २०७६० देखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु।” महराले आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका थिए।

राजीनामा दिएको १४१ दिनपछि महराले जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका छन्। तर, प्रतिनिधि सभाको सभामुखमा भने अग्नी प्रसाद सापकोटा आइसकेका छन्।

१४१ दिनपछि महराको छानबिन प्रक्रिया सकिएको छ र उनी निर्दोष ठहर भएका छन्। उनले त्यो बेला प्रयोग गरेका शब्दावली हेर्ने हो भने, अब महरा के गर्लान् भन्ने प्रश्न उब्जिएको छ।

प्रतिक्रिया दिनुहोस्