न्यायधीशको गाडीमा आगलागी



०५ फागुन २०७६, काठमाडौं

दिपायल महेन्द्रनगरमा न्यायधीशको गाडीमा  सोमवार साँझ आगलागी भएको छ।

न्यायधीश शारङगा सुवेदीले चढ्ने बा १ झ ८८६३ नम्बरको जीपमा भीमदत्त नगरपालिका–४ स्थित बिपिन पेट्रोल पम्पमा तेल हाल्ने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले बताएका छन् ।

‘तेल हाल्ने क्रममा आगलागी भएको हो । वाइरिङ्ग सर्ट भएर आगलागी भएको हो हामी अनुसन्धान गर्दै छौँ कार्कीको भनाई छ।’ कार्यालयबाट निवासतर्फ जाँदा तेल हाल्ने क्रममा न्यायधीश सुवेदीकोे गाडीमा आगलागी भएको हो।

आगलागीबाट गाडीको सिटहरु जलेर नष्ट भएका छन्। अन्य क्षति भने भएको छैन। भीमदत्त नगरपालिको दमकल, प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्