महरालाई प्रचण्डले फोन गरेर भने, बधाई छ कमरेड !



०५ फागुन २०७६, काठमाडौं

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बधाई दिएका छन्।

यौन दुर्व्यवहारको आरोपमा विगत ३ महिना अगाडिदेखि डिल्लीबजार कारागारमा बसिरहेका महरा सोमबार (आज) छुट्नेबित्तिकै अध्यक्ष प्रचण्डले फोन गरी बधाई दिएका हुन्।

महरालाई आइतबार (हिजो) भएको बहसबाट निर्दोष ठहर गरी काठमाडौं जिल्ला अदालतले सफाइ दिएको हो।

महरा प्रचण्डका खास सहयोगीमध्येका एक विश्वासिलो पात्र थिए। महराले कुनै पनि महत्वपूर्ण निर्णय लिनुअघि प्रचण्डलाई सोध्ने गर्दथे।

प्रतिक्रिया दिनुहोस्