महरा सरले न्याय पाउनुभयो, खुसी छु : रोशनी



०५ फागुन २०७६, काठमाडौं

रोशनी शाहीले पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएकोमा आफूलाई खुशी लागेको बताएकी छिन्।

शाहीले जिल्ला अदालत काठमाडौंको निर्णयप्रति आफूलाई खुशी लागेको बताएकी हुन्। शाहीलाई यौन दुर्व्यवहार गरेको आरोपमा महरालाई गत १९ असोजमा पक्राउ गरिएको थियो।

आरोप लागेलगत्तै महराले सभामुख पदबाट राजीनामा दिएका थिए । ‘महरा सरले न्याय पाउनुभएको छ। खुशी लागेको छ।” शाहीले हामीसँग भनिन्, ‘जसले दुख दिन खोजेका थिए, आज उनीहरु पराजित भएका छन्।’

शाहीले शुरुमा महराले आफूलाई यौन दुर्व्यवहार गरेको बताएकी थिइन् भने पछि स्वास्थ्यको कारण आफू त्यस्तो बोल्नु पुगेको बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्