तातो चिया पिउनेलाई क्यान्सरको खतराः अध्ययन



०५ फागुन २०७६, काठमाडौं

अधिकांश मानिसको तातो–तातो चिया पिउनुपर्छ भन्ने धारण हुन्छ।

जाडोमा त झन् चुरोटसँग तातो चियाको चुस्की लिनेहरुको संख्या अधिक हुन्छ।

तर, अब चुरोट र रक्सी खानेहरुले तातो चिया पिउने बानी त्याग्नुपर्ने देखिएको छ।

रक्सी र चुरोट खानेहरुले धेरै तातो चिया पिउँदा अन्ननलीको क्यान्सर हुने खतरा बढ्ने एक अध्ययनले खुलाएको छ।

यद्यपि, चुरोट र रक्सी नखाने चियाका पारखीहरुले भने यसमा चिन्ता लिनुपर्दैन।

बेइजिङस्थित पेकिङ विश्वविद्यालयका प्रोफेसरले सीएनएनसँग भनेका छन्, ‘धुमपान र मद्यपान सेवन गर्नेहरुमा तातो चिया पिउँदा अन्ननली क्यान्सरको जोखिम बढी हुन्छ।’

विश्व स्वास्थ्य संगठनको क्यान्सर अनुसन्धान शाखाका अनुसार अन्ननलीको क्यान्सरबाट हरेक वर्ष लगभग ४ लाख मानिसको मृत्यु हुने गरेको छ।

अध्ययनका लागि शोधकर्ताहरुले चीनमा ३० देखि ७९ वर्षका ४ लाख ५६ हजार १५५ जनामा १० वर्षसम्म अध्ययन गरेका थिए ।

अध्ययनमा जसले एकदम तातो चिया पिउँछ, अत्यधिक मदिरा पिउँछ र चुरोट पिउँछ ती तीनमध्ये कोही पनि व्यक्तिहरुको तुलनामा अन्ननलीको क्यान्सरको जोखिम पाँच गुणाभन्दा बढी हुन्छ।

धुमपान र मद्यपान दुबै अन्ननली क्यान्सरका कारक हुन्।

अध्ययनकर्ताले तातो चिया, मदिरा र धुमपानबीच अन्ननली क्यान्सरको जोखिममा अन्तरसम्वन्ध रहेको पत्ता लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्