महराको स्वागतका लागि फूलमाला र खादासहित डिल्लीबजार पुगे समर्थक



०५ फागुन २०७६, काठमाडौं

काठमाडौं जिल्ला अदालतबाट यौन दुर्व्यवहार मुद्दामा सफाइ पाएका पूर्व सभामुख कृष्णबहादुर महराको स्वागतका लागि सत्तारुढ नेकपाका समर्थक डिल्लीबजार कारागार पुगेका छन्।

खादा र माला लिएर महराका समर्थकहरु डिल्लीबजार कारागार पुगेका हुन्। अभियोगमा गरिएको मागदाबीमा प्रमाण नपुगेको भन्दै जिल्ला अदालतका न्यायधीश अमरराज पौडेलको इजलासले महरालाई आज सफाइ दिएको हो।

सफाइसँगै महरा आजै छुट्दै छन्।

प्रतिक्रिया दिनुहोस्