यी हुन् छोरीलाई स्तनपान गराउने पहिलो पिता



०५ फागुन २०७६, काठमाडौं

अमेरिकाको विस्कोन्सिनमा एक परिवारमा यसै वर्षको जुन २६ मा एक शिशुको जन्म हुँदै थियो। अस्पतालको त्यो रात आमाका लागि भने खासै फरक त थिएन।

तर पितालाई भने कसैले सोच्नै नसक्ने एक घटना भयो। एप्रिल न्युबर्सको प्रशव त्यति सामान्य थिएन।

किनभने उनको रक्तचाप अत्यन्त उच्च थियो। उनी लामो समयदेखि प्री–एक्लेन्पसियाबाट पीडित थिइन्। यो रोग गर्भवती महिलालाई हुने गर्दछ।

प्रसुतीको क्रममा उनको अवस्था अत्यन्त नाजुक भएकाले शल्यक्रिया गर्नुपर्ने भयो। राति एप्रिलले छोरीलाई जन्म दिइन्।

छोरीको नाम रोजेली राखे। जन्मदा रोजेलीको तौल ३ दशमलव ६ किलो थियो। तर छोरीको जन्मपश्चात् एप्रिललाई अर्को स्वास्थ्य समस्या शुरु भयो।

उनलाई थप उपचारका लागि अर्को कक्षमा पठाइयो। यो सबै यति छिटो भयो कि उनले आफ्नी नवजात छोरीलाई काखमा पनि लिन पाइनन्।

आमा नभएपश्चात् नर्सले बच्चा उनका पिता म्याक्समिलियनलाई सुम्पिन्। छोरी बोक्न पाएपश्चात् भावुक भएका पिता म्याक्समिलयनले भने– ‘नर्सले हाम्रा राम्री छोरी लिएर आइन्। हामी नर्सरीअगाडि गयौं। म एक ठाउँमा बसेको थिए।

र आफ्नो सर्ट फुकालेको थिए। ताकि उसको स्पर्श महशुस गर्न सकूँ।

नर्सले बच्चालाई केही दिनुपर्ने र औंलाले दूध पिलाउनुपर्ने बताइन्। कम्तिमा यो शुरुआत गर्नुपर्ने उनले जोड दिइन्।

‘त्यसपश्चात् नर्सले मसँग आफ्नो छातीमा एक निप्पल लगाएर स्तनपान गराउन चाहनुहुन्छ भन्ने प्रश्न राखिन्। म यो प्रयास गर्न तयार भएँ र हुन्छ भने’– उनले बताए।

नर्सले एक ट्युबको मद्दतबाट एक प्लास्टिक निपल मेरो छातीमा टाँसिदिए। यो ट्युब फर्मुला मिल्कले भरिएको एक सिरिन्जसँग जोडिएको थियो।

मैले कहिल्यैं यस्तो गरेको थिइनँ र कहिल्यैं पनि यस विषयमा सोचेको पनि थिएनौं। म कुनै बच्चालाई स्तनपान गराउने पहिलो व्यक्ति बने।

‘मेरो सासुले जब यो देखिन्, उनले विश्वासै गर्न सकिनन्।’ –उनले घटनालाई विस्तारपूर्वक बताए।

केही समयपश्चात् नै मलाई छोरीसँग एक अनौठो सम्बन्धको महशुस हुन थाल्यो। मैले उसलाई बोकिरहेकी थिए। र लगातार उसलाई स्तनपानमा अप्ठ्यारो नहोस भन्ने प्रयास गरिरहेको थिए।

म्याक्समिलियनले आफ्नो फेसबुक अकाउन्ट र इन्स्टाग्राममा आफ्नो उक्त अनुभव सेयर गरेका छन्। उनको छातीमा एक ट्याटु बनाइएको छ।

जस्मा ‘मम’ लेखिएको छ। पोस्ट सेयर गरेपश्चात् उनलाई कयौं प्रतिक्रियाहरू आएका छन्। एक युजरले लेखेका छन– ‘मम’ को ट्याटुको ठीक मुनि र यो वास्तवमै सही प्रमाणित भएको छ।

केहीले नर्सको तारिफ गर्दै उनले निक्कै राम्रो उपाय निकालेको उल्लेख गरेका छन्। तर केहिले भने एक पुरुषले स्तनपान गराइरहेको देखिनु अनौठो लागेको कमेन्ट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्