कारागारबाट आजै छुट्दै महरा



०५ फागुन २०७६, काठमाडौं

काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरा सोमबार (आज) नै छुट्ने भएका छन्।

जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका महरा आजै डिल्लीबजार कारागारबाट छुट्न लागेका हुन्।

फैसला सुन्न महरा पनि काठमाडौं जिल्ला अदालत आएका थिए। फैसलाबाट सफाइ पाएलगत्तै उनी डिल्लीबजार कारागार पुगेका छन्।
⊃ अदालतद्वारा पूर्वसभामुख महरालाई सफाइ
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको पूर्वसभामुख महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश गत ३ पुषमा उच्च अदालतले पनि सदर गरेको थियो।

पुर्पक्षको लागि थुनामा राख्ने आदेशविरुद्ध महरा गत ५ मंसिरमा उच्च अदालत पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्