अदालतद्वारा पूर्वसभामुख महरालाई सफाइ



०५ फागुन २०७६, काठमाडौं

पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी उद्योग मुद्दामा निर्दोष ठहर गरेको छ।

लामो समय चलेको बहस आइतबार (हिजो) सकिएपछि न्यायाधीश अम्बरराज पौडेलको इजालसले सोमबार (आज) फैसला सुनाएको हो।

अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार अभियोग दाबी नपुगेकाले उनले सफाइ पाउने ठहर गरिएको हो।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको पूर्वसभामुख महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश गत ३ पुषमा उच्च अदालतले पनि सदर गरेको थियो।

पुर्पक्षको लागि थुनामा राख्ने आदेशविरुद्ध महरा गत ५ मंसिरमा उच्च अदालत पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्