आरआर क्याम्पसमा अनेरास्ववियु र नेविसंघबीच झडप : ६ जना पक्राउ, केही घाइते



०५ फागुन २०७६, काठमाडौं

रत्नराज्य [आरआर] क्याम्पसमा वनभोजको विषयलाई लिएर अनेरास्ववियु र नेविसंघ समूहबीच झडप भएको छ।

झगडा गर्ने उनीहरुमध्ये ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले बताए।

झडपमा केही विद्यार्थीहरु नेताहरु घाइते भएका बताइएको छ। नेविसंघ पक्षले घटनामा आफ्ना पक्षका सुमन खड्का, अविष्कार पौडेल, कुशल बस्नेतलगायतका विद्यार्थी नेताहरु घाइते भएका बताएका छन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्