ललिता निवास जग्गा प्रकरण : ठगी मुद्दा अनुसन्धानमा सिआइबीले आरोपी पक्राउ गर्नसक्ने



०४ फागुन २०७६, काठमाडौं

ललिता निवास जग्गा प्रकरणमा ठगी आरोपमा विभिन्न व्यक्तिविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा जाहेरी दर्ता भएको छ।

गृह मन्त्रालयले दिएको जाहेरी दर्ता गरेर सिआइबीले अनुसन्धान थालेको हो। जाहेरीमा मुछिएका व्यक्तिलाई अनुसन्धानका लागि सिआइबीले पक्राउ समेत गर्नसक्नेछ।

उक्त प्रकरणमा १७५ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। तीमध्ये १७२ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएको सिआइबीले जनाएको छ।

“यो प्रकरणमा जोडिएका विभिन्न व्यक्तिविरुद्ध ठगी मुद्दामा जाहेरी दर्ता भएको छ।” सिआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले भनेका छन्, ‘हामी यस विषयमा अनुसन्धानमा लागिसकेका छौं।’

प्रतिक्रिया दिनुहोस्