कपनमा “विङ्गस मन्टेश्वरी”



०४ फागुन २०७६, काठमाडौं

बिगत केहिसमय देखि  देशभर मन्टेश्वरी स्कुल खोल्ने होडबाजी नै चलेको छ । त्यही होडबाजी र भीडमा छुट्टै पहिचान र नयाँ अवधारणाका साथ काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१०, बालुवाखानीमा “Wings Montessori”  नामको मन्टेश्वरी स्कूल स्थापना भएको छ ।

बालबालिकाहरु विद्यालय जानुपूर्व दिइने पूर्व प्राथमिक शिक्षाले उनीहरुको चौतर्फी रुपमा शैक्षिक विकासमा सहयोग गरिरहेको हुन्छ । खासगरी विद्यालय जानु अघि दिईएको शिक्षा र संस्कारबाट नै उनीहरुको भविष्य समेत निर्धारण हुने गर्दछ । यिनै कुरालाई मध्यनजर गर्दै पछिल्लो समयमा मन्टेश्वरी खुल्ने क्रम बढ्दो छ ।

अठार वर्षदेखि शैक्षिक क्षेत्रमा लागेकी सम्झना खड्काले काठमाडौँको मन्टेश्वरी संचालन गरेकी हुन् । लामो समय आफूले सिकेको सीप र ज्ञानलाई आफ्नै लगानीमा नेपालमा नै केहि गर्ने उदेश्यका साथ मन्टेश्वरी संचालन गरेकी उनले बताइन् । बूढानीलकण्ठ नगरपालिका – १० को साँप्रेढुङ्गा, बालुवाखानीमा ३ रोपनी क्षेत्रफलभित्र निर्माण भएको सुबिधा सम्पन भवन, बालमैत्री वातावरणयुक्त स्कूलमा विद्यार्थीलाई न्यानो माया, सुरक्षित वातावरण, सम्मान, सहयोग, सामाजिक बन्ने खुवीमा जोड, मनोवैज्ञानिक बुझाइलाई आत्मसात् गर्दै चौतर्फी विकासका कुरा सिकाइने खड्काले बताइन् ।

Wings Montessori School को माघ १६ गते श्री पंचमी तथा सरस्वती पुजाको अवसर पारेर बूनपा १० का कार्यवाहक वडाध्यक्ष चन्द्रमान श्रेष्ठ र खड्का क्षेत्री समाजका अध्यक्ष बाबुराम खड्काले सयुक्त रुपमा उद्घाटन गरे । मन्टेश्वरीमा सिकाईएको कुरा र नर्सरी—केजीमा पढाई हुने पाठ्यक्रम उस्तैउस्तै भएका कारण पनि मन्टेश्वरीमा पढेर गएका बच्चाहरु प्रिमियर लेभलमा टप भएर निस्कने हुँदा अभिभावकहरुको पहिलो रोजाई मन्टेश्वरी हुन थालेको छ । भक्तपुरको शाखाको रुपमा संचालन भएको “विङ्गस मन्टेश्वरी” मा प्ले ग्रुपदेखि युकेजीसम्मका बालबालिकाहरुलाई भर्ना लिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्