कोरियामा नेपाली युवकद्वारा आत्महत्या



०४ फागुन २०७६, काठमाडौं

कोरियाको मिर्याङमा कार्यरत एक नेपाली युवकले शनिबार आत्महत्या गरेको छ ।

मृत्यु हुनेमा मिर्याङस्थित स्याउ फार्ममा कार्यरत ईलामको गजुरमुखी गाउँपालिकाका यम कुमार सुब्बा लिम्बु रहेको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिएका छन् ।

फार्ममा लिम्बु एक्लै नेपाली कामदार भएको र उनी विदा दिए एक पटक घर जान्छु नभए काम नै छोडेर भएपनि जान्छु भन्दा समेत साहुले विदा नदिएपछि  आत्महत्या गरेको हुन सक्ने रोजगारदाताको भनाईलाई उद्धृत गर्दै सुवेदीले बताएका छन् ।

लिम्बुको शव मिर्याङस्थित एक स्थानिय अस्पतालमा राखिएको छ । घटनाको विषयमा लिम्बुको परिवारलाई जानकारी गराईसकिएको र अन्य प्रक्रिया पूरा गरी शवलाई नेपाल पठाउँने कोरियाकालागि नेपाली श्रम कन्सुलर डिल्लीराम बाँस्तोलाले जानकारी दिएका छन् । लिम्बुका श्रीमती र दुई छोरी रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्